Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्र अनियमितता, दुई कर्मचारीसहित तीन जना दोषी ठहर

spot_img
spot_img

वीरगञ्ज। पर्साको पोखरिया नगरपालिकामा गलत विवरण उल्लेख गरी पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई कर्मचारी र एक सेवाग्राहीलाई दोषी ठहर गरेको छ।

विशेष अदालतको इजलास नम्बर १ ले संजयकुमार पाण्डेय, अम्बिका महतो खुलवट र महेन्द्र राउत कुर्मीलाई जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

अदालतका अनुसार महेन्द्र राउत कुर्मीले २०७८ भदौ १६ गते पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका थिए। नगरपालिकाको अपाङ्गता समन्वय समितिले २०७८ असोज ११ गतेको निर्णयबाट उनलाई ‘ख’ वर्गको परिचयपत्र दिने निर्णय गरेको थियो।

तर निर्णयविपरीत २०७८ चैत २३ गते उनलाई पूर्ण अपाङ्गता जनाउने ‘क’ वर्गको परिचयपत्र जारी गरिएको थियो। सोही परिचयपत्रका आधारमा कुर्मीले २०७९ वैशाखदेखि सामाजिक सुरक्षा भत्ता बुझ्न थालेका थिए।

विशेष अदालतले अपाङ्गता शाखामा कार्यरत कर्मचारी अम्बिका महतो खुलवटले गलत विवरणसहित परिचयपत्र तयार पारेको र अधिकृत संजयकुमार पाण्डेयले प्रमाणित गरेको ठहर गरेको छ। गलत विवरणका आधारमा परिचयपत्र लिने कुर्मीलाई पनि मतियारका रूपमा दोषी ठहर गरिएको छ।

अदालतले तीनै जनाबाट जनही ४०० रुपैयाँ क्षतिपूर्ति शुल्कसमेत असुल गर्न आदेश दिएको छ।

यद्यपि, भ्रष्टाचार निवारण ऐनका अन्य दुई दफाअन्तर्गत लगाइएका आरोप भने पुष्टि हुन नसकेको भन्दै अदालतले खारेज गरेको छ। कुर्मीले सामाजिक सुरक्षा भत्ताबापत बुझेको दुई लाख १० हजार ६८३ रुपैयाँ फिर्ता गरिसकेको पनि फैसलामा उल्लेख छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...