Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

वीरगंजमा अव्यवस्थित बजार हटाउन महानगरको अल्टिमेटम, २१ दिनभित्र छपकैयामा सर्न निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी सञ्चालन भइरहेका तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको अल्टिमेटम दिएको छ । महानगरपालिकाले वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा स्थानान्तरण हुन व्यवसायीलाई निर्देशन दिएको हो ।

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई तोकिएको स्थानमा सर्न आग्रह गरेको छ । सूचनाअनुसार व्यवसायीले आगामी कात्तिक २ गतेभित्र छपकैयास्थित थोक बजारमा अनिवार्य रूपमा स्थानान्तरण भइसक्नुपर्नेछ ।

महानगरपालिकाले थोक बजार सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइसकेको जनाएको छ । विभिन्न स्थानमा अव्यवस्थित रूपमा थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात आवागमन तथा उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न हुने भएकाले सबै थोक कारोबारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा तोकिएको स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सञ्चालन गर्न वा बजार लगाउन रोक लगाइएको जनाइएको छ ।

महानगरपालिकाले निर्धारित समयभित्र थोक बजार स्थानान्तरण नगर्ने व्यवसायीविरुद्ध प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । समयसीमाभित्र बजार स्थानान्तरण नगर्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा स्पष्ट पारिएको छ ।

वीरगंजलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, बजार व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउने उद्देश्यले यो कदम चालिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सबै व्यवसायीलाई तोकिएको स्थानमै थोक कारोबार सञ्चालन गर्न आग्रह गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...