Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

गोलबजारका तत्कालीन मेयर देवनाथ साहुसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img
spot_img

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा एक करोड ६० लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएका अन्य प्रतिवादीमा तत्कालीन उपप्रमुख रेशमकुमारी थारू, प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार वीरेन्द्रकुमार यादव रहेका छन्।

अख्तियारले तत्कालीन नगरप्रमुख तेलीसहित पाँच जनासँग जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ। त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तकुमार पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतोसँग जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो मागदाबी गरिएको छ।

नगरपालिकाको हाटबजार ठेक्का प्रक्रियामा आर्थिक अनियमितता भएको अख्तियारको आरोप छ। सोही प्रकरणमा संलग्न रहेको आरोपमा सात जनालाई प्रतिवादी बनाउँदै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...