Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

spot_img
spot_img

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो ।

काठमाडौंको अनामनगरमा शुक्रबार बसेको उपत्यका विशेष कमिटीको बैठकले फुल मोहम्मद मन्सुरलाई इन्चार्ज र मोहम्मद आरिफ शाहलाई अध्यक्ष चयन गरेको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जानकारी दिए ।

नवगठित कमिटीको उपाध्यक्षमा ओसी अख्तर मन्सुर, समिम आलम मन्सुर र खैरुल्लाह मन्सुर बडे मिया चयन भएका छन् । त्यसैगरी, सचिवमा सैदन खातुन, अबुलैस मन्सुर र इलियास अन्सारी तथा कोषाध्यक्षमा इस्लामुल खातुन रहेका छन् ।

कमिटीका सदस्यहरूमा जैरुलह मन्सुरी, तबरेज मन्सुरी, इस्लामुल खातुन सानो, अहमद अन्सारी, ताहिर मन्सुरी, जुल्फिकार मन्सुरी, तवारख मन्सुरी, नूर आलम मन्सुरी, इन्ताज मन्सुरी, मनान मन्सुरी, मोहम्मद आलम, अफसर शाह, अस्ताफ देवान, अमिर मन्सुरी र मजरे आलम मन्सुरीलगायत रहेका छन् ।

आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा बसेको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, महासचिव त्रिभुवन साह तथा प्रवक्ता सुभाष साहलगायतको विशेष सहभागिता रहेको थियो ।

नवगठित कमिटीले काठमाडौं उपत्यकामा मोर्चाको संगठन विस्तार तथा मुस्लिम समुदायका सवाल र मुद्दालाई संगठित रूपमा उठाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...