Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

spot_img
spot_img

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका साथ कार्यालयले सेवाग्राही सम्मानदेखि बिरामीलाई फलफूल वितरणसम्मका कार्यक्रम गरेको हो ।

विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्साले पहिलो सेवाग्राहीलाई सम्मान गर्नुका साथै कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो । त्यसैगरी, वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा पानी वितरण गरिएको थियो । यसका साथै हुलाक दिवसकाे अवसरमा कार्यालयका कर्मचारीलाई भेष्टसमेत वितरण गरिएको जिल्ला हुलाक कार्यालय पर्साका कर्मचारी यशवन्त ठाकुरले जानकारी दिए ।

हुलाक सेवाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने, सेवाग्राहीसँगको सम्बन्ध सुदृढ बनाउने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख नमोनाथ प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका कर्मचारी सिमा न्यौपाने, यशवन्त ठाकुर, सुरेश ठगुन्ना, अजय चौधरी, कृष्ण यादव, अन्तिमा साहलगायतको सहभागिता रहेको थियो।

विश्व हुलाक दिवस हरेक वर्ष अक्टोबर ९ मा मनाइन्छ । हुलाक सेवाको महत्त्व, सञ्चार क्षेत्रमा यसको योगदान तथा नागरिकबीच सम्पर्क स्थापित गर्न हुलाक सञ्जालले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी गराउनु दिवसको मुख्य उद्देश्य हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...