Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

spot_img
spot_img

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका छन् ।

यात्रुको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

चाडपर्वका समयमा बसपार्कमा अत्यधिक भीड हुने तथा यात्रुलाई टिकट, सवारीसाधन, गन्तव्य र सुरक्षासम्बन्धी जानकारी आवश्यक पर्ने भएकाले सहायता कक्षमार्फत आवश्यक सहजीकरण गरिने प्रहरीले जनाएको छ ।

सहायता कक्षबाट यात्राका क्रममा देखिएका समस्या, गुनासा तथा आवश्यक जानकारीबारे सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी तत्काल सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

सहायता कक्ष सञ्चालन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की र ट्राफिक प्रहरी प्रमुख श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

चाडपर्वलाई लक्षित गर्दै प्रहरीले यात्रुको सुरक्षा, सवारीसाधन व्यवस्थापन तथा सम्भावित ठगीलगायतका गतिविधि नियन्त्रण गर्न बसपार्क क्षेत्रमा विशेष निगरानी बढाएको जनाएको छ ।

यात्रु सहायता कक्ष सञ्चालनसँगै वीरगंज बसपार्कमा हुने यात्रुको चाप व्यवस्थापन तथा यात्रुका गुनासा र समस्याको तत्काल सम्बोधनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । विगत २४...