Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

spot_img
spot_img

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ।

कटहरिया नगरपालिका–५ का २२ वर्षीय सर्विन यादवविरुद्ध बिहीबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी परेपछि प्रहरीले जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको हो। यादवलाई रौतहट जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बुधबार बिहान द ड्रीम एकेडेमीमा अध्ययनरत आफ्ना दाजुलाई टिफिन पु¥याउन विद्यालय पुगेकी बालिकालाई यादवले विद्यालय परिसरबाट बाहिर बोलाएर नजिकैको खाली छाप्रोमा लगेको आरोप छ। प्रारम्भिक अनुसन्धानका क्रममा त्यहाँ बालिकामाथि जबर्जस्ती करणीको प्रयास भएको खुलेको प्रहरीले जनाएको छ।

बालिका घटनास्थलबाट उम्किएर घर पुगेपछि आमालाई घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि परिवारले विद्यालय प्रशासनलाई घटनाबारे जानकारी गराएको थियो। परिवारले घटनालाई सार्वजनिक नगर्न विद्यालय प्रशासनबाट दबाब दिइएको आरोपसमेत लगाएको छ। उक्त आरोपबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनापछि प्रहरीले विद्यालय परिसर तथा घटनास्थलको निरीक्षण गर्नुका साथै सीसीटीभी फुटेजसमेत जाँच गरेको थियो। प्रहरीका अनुसार फुटेजमा यादवले बालिकालाई छाप्रोतर्फ लैजाँदै गरेको देखिएको छ।

बालिकाको स्वास्थ्य परीक्षण भइसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी आचार्यले बताउनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । विगत २४...