Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

spot_img
spot_img

लन्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै सबैभन्दा धेरै भएको छ।

सेप्टेम्बरमा बेलायतमा ३ लाख ५० हजार ५३६ नयाँ कार दर्ता भए। यो अघिल्लो वर्षको सेप्टेम्बरभन्दा १२ प्रतिशत बढी हो।

विद्युतीय र अन्य विद्युतीकृत कारको बिक्रीले बजार बढाउन ठूलो भूमिका खेलेको छ। यस्ता कारले कुल नयाँ कार दर्ताको ५८।४ प्रतिशत हिस्सा ओगटेका छन्।

प्लग–इन हाइब्रिड कारको दर्ता ५५।५ प्रतिशतले बढेको छ। त्यस्तै, ब्याट्रीबाट चल्ने विद्युतीय कारको बिक्री ३६।३ प्रतिशतले बढेर ९९ हजार २०१ थान पुगेको छ।

बेलायतमा अहिले विद्युतीय कारका १७८ वटा नमुना बिक्रीका लागि उपलब्ध छन्। सन् २०२३ यता यस्ता कारका विकल्प दोब्बरभन्दा बढी भएका छन्।

बढ्दो कारका विकल्प र महँगो इन्धनका कारण मानिसहरू विद्युतीय कारतर्फ आकर्षित भइरहेको बताइएको छ।

तर, सन् २०२६ का लागि तोकिएको विद्युतीय कारको बिक्री लक्ष्य भने अझै पूरा भएको छैन। यस वर्षको पहिलो नौ महिनामा विद्युतीय कारले कुल नयाँ कार दर्ताको २६।२ प्रतिशत हिस्सा मात्र ओगटेका छन्। लक्ष्य भने ३३ प्रतिशत रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन...

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...

धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् । गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला...