Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

spot_img
spot_img

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा लिएको उच्च स्रोतले जनाएको छ।

जबरालाई कुन कसुर वा अनुसन्धानका क्रममा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा जानकारी सार्वजनिक गरेको छैन।

तत्कालीन प्रधानन्यायाधीश रहेका बेला जबराविरुद्ध २०७८ फागुनमा सङ्घीय संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

जबरामाथि मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, न्यायपालिकामा बिचौलियालाई प्रश्रय दिएको तथा विभिन्न विवादमा मुछिएको आरोप लागेको थियो। उनको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले लामो समय आन्दोलनसमेत गरेका थिए।

वकालत पेसाबाट न्यायसेवामा प्रवेश गरेका जबरा २०५३ साल वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। पछि विशेष अदालतको सदस्य हुँदै उनी पुनरावेदन अदालत बुटवलको कायममुकायम मुख्य न्यायाधीश बने।

२०७१ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि २०७५ पुस १८ गते उनी नेपालको २९औँ प्रधानन्यायाधीश बनेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...