Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

spot_img
spot_img

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा लिएको उच्च स्रोतले जनाएको छ।

जबरालाई कुन कसुर वा अनुसन्धानका क्रममा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा जानकारी सार्वजनिक गरेको छैन।

तत्कालीन प्रधानन्यायाधीश रहेका बेला जबराविरुद्ध २०७८ फागुनमा सङ्घीय संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।

जबरामाथि मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, न्यायपालिकामा बिचौलियालाई प्रश्रय दिएको तथा विभिन्न विवादमा मुछिएको आरोप लागेको थियो। उनको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरूले लामो समय आन्दोलनसमेत गरेका थिए।

वकालत पेसाबाट न्यायसेवामा प्रवेश गरेका जबरा २०५३ साल वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। पछि विशेष अदालतको सदस्य हुँदै उनी पुनरावेदन अदालत बुटवलको कायममुकायम मुख्य न्यायाधीश बने।

२०७१ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि २०७५ पुस १८ गते उनी नेपालको २९औँ प्रधानन्यायाधीश बनेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण

वीरगंज । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, सिमराको आयोजनामा शनिबार सिमरामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा...

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका...

बैंककमा भारी वर्षाको वितण्डा, सबै ५० जिल्ला बाढी प्रभावित घोषणा

बैंकक । थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सडक तथा बस्तीमा पानी जम्दा यातायात सेवा प्रभावित हुनुका साथै केही...