Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

न्यूनचापीय प्रणाली कमजोर बन्दै, पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुने

spot_img
spot_img

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको जोखिम घटेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली कोशी प्रदेशबाट बाहिरिइसकेको छ भने मधेश र बागमतीमा रहेको यसको हल्का प्रभाव पनि आजदेखि हट्ने सम्भावना छ। काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा गएको रातिदेखि भइरहेको वर्षा पनि आज अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने अनुमान गरिएको छ।

यद्यपि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि वर्षा हुने सम्भावना छ। अघिल्ला दिनको तुलनामा वर्षाको क्षेत्र र मात्रा भने कम हुने महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा भएको छ। सबैभन्दा धेरै चितवनको कल्याणपुरमा २२२।४ मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार चितवनको नारायणी नदीदेखि पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा मौसम पूर्णरूपमा खुल्न भने सोमबारसम्म कुर्नुपर्ने देखिएको छ।

त्यसपछि यो साताभर ठूलो वर्षाको सम्भावना नरहे पनि मनसुनी प्रणाली कायमै रहेकाले देशका विभिन्न स्थानमा हल्कादेखि सामान्य वर्षा हुने सम्भावना भने कायम रहने बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफ्नै निवासबाट पक्राउ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई गएराति काठमाडौँको महाराजगञ्जस्थित आफ्नै निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले नियन्त्रणमा...

बैंककमा भारी वर्षाको वितण्डा, सबै ५० जिल्ला बाढी प्रभावित घोषणा

बैंकक । थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सडक तथा बस्तीमा पानी जम्दा यातायात सेवा प्रभावित हुनुका साथै केही...

आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि...