Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बैंककमा भारी वर्षाको वितण्डा, सबै ५० जिल्ला बाढी प्रभावित घोषणा

spot_img
spot_img

बैंकक । थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। सडक तथा बस्तीमा पानी जम्दा यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

एपी न्युजका अनुसार बैंककमा गत बिहीबारदेखि हिजो दिउँसोसम्म ३०० मिलिमिटरसम्म वर्षा भएको छ। भारी वर्षापछि बैंककका सबै ५० जिल्लालाई बाढी प्रभावित विपद् क्षेत्र घोषणा गरिएको छ।

लगातारको वर्षाका कारण राजधानीका विभिन्न सडक जलमग्न भएका छन्। थाइल्याण्डको मौसम विभागले सक्रिय न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बैंककसहित मध्य थाइल्याण्डमा आजसम्म अत्यधिक भारी वर्षा हुनसक्ने जनाएको छ।

नदी तथा नहर आसपासका क्षेत्र र होचा भूभागमा बाढी तथा डुबानको जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। भोलिदेखि वर्षा केही कम हुने अनुमान गरिए पनि उत्तरी तथा मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै भारी वर्षा हुनसक्ने मौसम विभागले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...