Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

spot_img
spot_img

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न नेपालबाट प्रस्थान गरेका छन् ।

पर्सा जिल्ला, पोखरिया नगरपालिका–१० शिवबर्वा निवासी यादवले प्रतियोगितामा १२० के.जी. तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । उनी नेपाली कुस्ती क्षेत्रमा एक स्थापित नाम मानिन्छन् ।

यादवले यसअघि राष्ट्रिय स्तरमा ९ पटक स्वर्ण पदक जितिसकेका छन् । उनले साउथ एशियन गेम्समा १ पटक रजत पदक र एशियन गेम्स २०२३ मा ७औं स्थान प्राप्त गरेका थिए ।

यसपटक पनि यादवले नेपालको सान बढाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाएका छन् । उनी उतर कोरिया -दुबई हुदै जापानमा प्रस्थान गर्ने छ्न ।

उनको सफलताको कामनासहित पोखरिया नगरपालिका, मधेस प्रदेश र सम्पूर्ण नेपालका खेलप्रेमीहरूले यादवलाई गोल्ड मेडल जितेर देशको गौरव बढाउन शुभकामना व्यक्त गरेका छन् ।

२०औं एशियन गेम्स प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची नागोया शहरमा आयोजना हुँदैछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...