Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

spot_img
spot_img

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४–२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ ।

यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो ।

आज खेलको पहिलो हाफमा १९–१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५–१२ ले अघि रहँदै समग्रमा मलेसियामाथि ३४–२५ ले जित निकाल्न सफल भयो । समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनल प्रवेश गरेको छ ।

त्यसैगरी, आजै भएको पुरुष कबड्डी खेलमा पनि नेपालले मलेसियामाथि जित हासिल गरेको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित हासिल गरेको हो ।

नेपालले खेलको पहिलो हाफमै ३७–२१ को स्कोर बनाएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा नेपालले मलेसियामाथि ३६–३१ अगाडि रहँदै समग्रमा २१ अङ्कले जित हासिल ग¥यो ।

यो नेपाली पुरुष टोलीको सान्त्वना जित हो । यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएसँगै नेपाली पुरुष टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...

सरकारको ऋणभार बढ्दोः सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन...