Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित कृषि तथा पशुपन्छी भवनमा आयोजित कार्यशालामा गाउँपालिकाको स्थानीय शिक्षा योजनाको प्राथमिकता, विद्यमान चुनौती तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो । कार्यशालाबाट शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक प्राथमिकता पहिचान गर्दै कार्ययोजना निर्माण गरिएको जनाइएको छ ।

कार्यशालामा GEDSI लाई समावेशी दृष्टिकोणका रूपमा कार्ययोजनामा समेट्दै सबै वर्ग, समुदाय तथा विद्यार्थीको शिक्षामा समान पहुँच, सहभागिता र अवसर सुनिश्चित गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको नियमितता, सिकाइ उपलब्धि, शिक्षकको भूमिका तथा स्थानीय तह र विद्यालयबीचको समन्वयलगायत विषयमा सहभागीबीच छलफल भएको थियो । शिक्षा क्षेत्रका विद्यमान समस्या पहिचान गरी आगामी दिनमा त्यसको समाधानका लागि स्थानीय तह, विद्यालय तथा साझेदार संस्थाबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।

कार्यशालामा जिराभवानी गाउँपालिका–३ का वडाध्यक्ष रामशरण ख्वास, शिक्षा शाखा प्रमुख शिवराज फ्युयाल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी DDRC का रामाकान्त प्रसाद कुर्मी, साझेदार संस्थाका अमरेश यादव, गुलशन कुमार त्रिपाठी र अकलेश साहलगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यशालालाई ACCESS, PIN, Accountability Lab Nepal, NCE Nepal र NDWA ले सहयोग गरेका थिए । कार्यशालाबाट तयार गरिएको कार्ययोजनालाई स्थानीय शिक्षा क्षेत्रको आगामी कार्यक्रम तथा गतिविधिसँग जोडेर कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा...

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले बुधबार...