Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

spot_img
spot_img

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

नापी कार्यालय धनुषाका अनुसार विसं २०७२ मा उक्त क्षेत्रको नाप नक्सा भए पनि जग्गाधनी प्रमाणपुर्जा वितरण हुन सकेको हंसपुर नगरपालिका–५ का ३६५ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

नाप नक्सा सम्पन्न भएपनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका स्ववासी तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै लालपुर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारले बताउनुभयो ।

उहाँका अनुसार स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्व स्थापित गर्न नसकेका परिवारले कानुनी रूपमा आफ्नो सम्पत्तिको मालिक बन्ने आधार पाएका छन् ।

“पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ”, प्रमुख उमेशकुमारले भन्नुभयो, “जग्गाको बिक्री–वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्न सक्छ ।”

धनुषामा सञ्चालन भइरहेको जग्गाधनी पुर्जा वितरण अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का ३७५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको प्रमुख उमेशकुमारले बताउनुभयो ।

नापी नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरणसमेत कार्यालयले अध्ययन गरिरहेको उहाँको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...