Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

spot_img
spot_img

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने क्षतिको आर्थिक भार न्यूनीकरण गर्न भवनको बीमा गर्ने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरिएको हो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता भरतबहादुर केसीले सरकारी भवनमा हुने जोखिमलाई बीमामार्फत हस्तान्तरण गर्ने अवधारणाअनुसार प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश मातहतका सरकारी भवनको विवरण, मूल्याङ्कन तथा सम्भावित जोखिम समेटेर आवश्यक कार्यविधि तयार गरिनेछ ।

“हाम्रा सम्पूर्ण सरकारी भवनको जोखिम हस्तान्तरण गर्नुपर्छ, अर्थात् भवनलाई बीमाको दायरामा ल्याउनुपर्छ भन्ने सोचसहित प्रक्रिया अगाडि बढाएका छौँ,” मन्त्री केसीले भन्नुभयो, “आगामी मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी विषय प्रस्तुत गरेर निर्णय गर्ने तयारी छ ।”

उहाँले नेपाल भूकम्प, बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिममा रहेकाले सरकारी सम्पत्तिको संरक्षणका लागि बीमा आवश्यक रहेको बताउनुभयो । विगतमा विपद्बाट सरकारी संरचनामा क्षति भए पनि बीमा नभएका कारण क्षतिपूर्ति प्राप्त गर्न नसकिएको उहाँको भनाइ छ ।

मन्त्री केसीका अनुसार भूकम्प, बाढी तथा पहिरोलगायत जोखिमलाई समेट्ने गरी बीमाको स्वरूप निर्धारण गरिनेछ । प्रदेशसँग सरकारी भवनसम्बन्धी तथ्याङ्क रहेको र त्यसलाई थप व्यवस्थित गरी भवनको मूल्य तथा सम्भावित जोखिमका आधारमा बीमाको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

सरकारी भवनको बीमाका लागि चालु आर्थिक वर्षमा छुट्टै शीर्षकमा बजेट विनियोजन भने गरिएको छैन । विपद् व्यवस्थापनतर्फ विनियोजित बजेटबाट आवश्यक रकम व्यवस्थापन गर्न सकिने मन्त्री केसीले जानकारी दिनुभयो ।

“यसका लागि छुट्टै बजेट राखिएको छैन तर विपद् व्यवस्थापनतर्फ बजेट छ,” उहाँले भन्नुभयो, “सरकारी सम्पत्तिको जोखिम हस्तान्तरण अब अनिवार्य रूपमा अघि बढाउनुपर्ने विषय हो ।”

प्रदेश सरकारले सरकारी सवारीसाधनको बीमा नवीकरणलाई समेत व्यवस्थित गर्ने तयारी गरेको छ । सरकारी सवारीसाधनको बीमा गरिए पनि कतिपय अवस्थामा समयमा नै नवीकरण नगर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै मन्त्री केसीले त्यस्तो कमजोरी सुधार गरिने बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौँ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्नरगराउन नागरिक समाज तथा...