Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

छापा सञ्चारमाध्यमको संकटबारे एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण

spot_img
spot_img

काठमाडौँ । छापा माध्यम बचाउ सुझाव कार्यदलले छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ।

कार्यदलका प्रतिनिधिले आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीलाई भेटेर छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या तथा चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन्।

छापा सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनबापत प्राप्त हुने रकम कटौती गर्दा नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने कार्यदलले जनाएको छ।

कार्यदलले छापा सञ्चारमाध्यमको संरक्षण तथा प्रवद्र्धनका लागि राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन र त्यसको रकम कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीको तर्फबाट गठन गरिएको कार्यदलका संयोजक दामोदर दवाडीसहितको टोलीले अध्यक्ष ओलीसँग छापा सञ्चारमाध्यमको वर्तमान अवस्था, आर्थिक सङ्कट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे छलफल गरेको थियो।

सो अवसरमा अध्यक्ष ओलीले आफूहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोककल्याणकारी विज्ञापनको पक्षमा रहेको स्पष्ट गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...