Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा प्रहरीले भारतबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकलबाट उक्त रकम बरामद गरेको हो।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भारतीय रुपैयाँ फेला पारेको जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला पलनवा थाना–१० का करिब ५५ वर्षीय अशोक कुमार रहेका छन्।

प्रहरीका अनुसार बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरको १ थान र १०० दरका ४३ थान भारतीय नोट रहेका छन्। बरामद रकमको कुल मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

रकमसहित मोटरसाइकल र अशोक कुमारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...