Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा प्रहरीले भारतबाट वीरगन्जतर्फ आउँदै गरेको मोटरसाइकलबाट उक्त रकम बरामद गरेको हो।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बीआर ०६ एटी ६४४५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भारतीय रुपैयाँ फेला पारेको जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार, मोतिहारी जिल्ला पलनवा थाना–१० का करिब ५५ वर्षीय अशोक कुमार रहेका छन्।

प्रहरीका अनुसार बरामद रकममा ५०० दरका ८९१ थान, २०० दरको १ थान र १०० दरका ४३ थान भारतीय नोट रहेका छन्। बरामद रकमको कुल मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

रकमसहित मोटरसाइकल र अशोक कुमारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...