Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

spot_img
spot_img

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्।

सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको थियो। सात दिनको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि साहलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

बाढीका कारण सुरुङभित्र फसेका साहलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा प्राविधिक विज्ञ सम्मिलित संयुक्त उद्धार टोलीले सुरुङमा फसेको १०औँ दिनमा सकुशल बाहिर निकालेको थियो।

साहसँगै सुरुङभित्र फसेका अर्का एक जनाको पनि उद्धार गरिएको थियो। उद्धार गरिएका दुवै जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत साह उपचारपछि स्वास्थ्य लाभ गर्दै परिवारसँग घर फर्किएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...