Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

spot_img
spot_img

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ।

भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव बलवा नगरपालिका–७ बनौटास्थित अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीभित्र भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीभित्र लुकाइएको अवस्थामा भेटिएको हो। ट्यांकीमाथि सिमेन्ट र बालुवाले प्लास्टर गरिएको अवस्थामा रहेकाले घटना लुकाउने प्रयास भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

रक्षाबन्धनको दिनदेखि सम्पर्कविहीन भएका विवेकको परिवारले लामो समयदेखि उनको खोजी गर्दै आएको थियो। उनको मोबाइलको अन्तिम लोकेसन घटनास्थल आसपास देखिएको र अन्तिम फोन सम्पर्क पनि घटनासँग जोडिएका व्यक्तिको परिवारका सदस्यको नम्बरमा भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ।

विवेक बेपत्ता भएपछि प्रहरीले उनको खोजीका क्रममा विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो। शंकाका आधारमा बिहीबार घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनाबारे थप जानकारी खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूले विवेकको शव सेफ्टी ट्यांकीमा लुकाइएकोबारे जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि ट्यांकी खोलेर खोजी गर्दा शव फेला परेको हो।

दिपेन्द्रको ससुराली भंगहा नगरपालिका–७ संग्रामपुरमा पर्छ। विवेकसँग दिपेन्द्रकी श्रीमतीको चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

दिपेन्द्र केही समयदेखि वैदेशिक रोजगारीमा रहेर केही दिनअघि मात्रै घर फर्किएको पनि प्रहरीले जनाएको छ। विवेक र दिपेन्द्रकी श्रीमतीबीचको सम्बन्ध तथा फोन सम्पर्कलगायत विषयलाई समेत अनुसन्धानको दायरामा राखिएको प्रहरीको भनाइ छ।

घटनामा हत्या भएको आशंका गरिए पनि यसको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेका दुवै जनामाथि सोधपुछ तथा घटनासँग सम्बन्धित प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...