Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

spot_img
spot_img

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष ९दशौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताउनुभयो । लगानी नगरी रकम मात्र सञ्चित गरेर राख्नु कोषको उद्देश्य नभएको उहाँको भनाइ थियो ।

मन्त्री डा वाग्लेले कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ प्रक्रिया अपनाइएको र प्रशासक छनोट प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको जानकारी दिनुभयो । उहाँले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागितालगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो ।

आजकै बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...