Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

spot_img
spot_img

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष ९दशौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताउनुभयो । लगानी नगरी रकम मात्र सञ्चित गरेर राख्नु कोषको उद्देश्य नभएको उहाँको भनाइ थियो ।

मन्त्री डा वाग्लेले कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ प्रक्रिया अपनाइएको र प्रशासक छनोट प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको जानकारी दिनुभयो । उहाँले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागितालगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो ।

आजकै बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...