Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

spot_img
spot_img

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्।

बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ भने अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको छ। अदालतको प्रारम्भिक सुनुवाइका क्रममा उनीहरूको घटनामा प्रत्यक्ष संलग्नता देखाउने पर्याप्त आधार नपुगेको ठहर गरिएको छ।

अदालतबाट रिहा हुनेमा प्रोग्रेशका परिवारका सदस्यसहित सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन रहेका छन्।

बालिकाका बुबा मनोज चौधरीले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

घटनामा आरोपित दुई नाबालकको हकमा भने अदालतले यसअघि नै उनीहरूलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिइसकेको छ। प्रहरीका अनुसार एक नाबालकले अनुसन्धानका क्रममा घटनामा आफ्नो भूमिका स्वीकार गरेका छन् भने अर्काले आरोप अस्वीकार गरेका छन्।

यसैबीच अनुसन्धानका क्रममा एक नाबालकले चिकित्सकसँग गरेको कुराकानीको भिडियो सार्वजनिक भएपछि गोपनीयता भंग गरेको आरोपमा प्रहरी हवल्दार कुमार विकमाथि पनि अनुसन्धान अघि बढाइएको छ। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कानुन तथा विद्युतीय कारोबारसम्बन्धी कानुनअनुसार प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

साउन ३१ गतेदेखि सम्पर्कविहीन भएकी बालिका भदौ २ गते घरबाट करिब एक सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा मृत अवस्थामा भेटिएकी थिइन्। घटनालाई लिएर स्थानीयसँगै विभिन्न ठाउँमा विरोध प्रदर्शनसमेत भएको थियो।

घटनापछि सरकार र पीडित परिवारबीच भदौ ६ गते तीनबुँदे सहमति भएको थियो। त्यसपछि भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...

एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्‍याउने लक्ष्यमा

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...

वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस

जनकपुरधाम । मधेस प्रदेश सरकारले पछिल्लो १०० दिनमा वित्तीय अनुशासन, बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ । मधेस प्रदेश सरकारको अर्थ...