Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सिमराकी ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १० जना रिहा

spot_img
spot_img

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्।

बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ भने अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको छ। अदालतको प्रारम्भिक सुनुवाइका क्रममा उनीहरूको घटनामा प्रत्यक्ष संलग्नता देखाउने पर्याप्त आधार नपुगेको ठहर गरिएको छ।

अदालतबाट रिहा हुनेमा प्रोग्रेशका परिवारका सदस्यसहित सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन रहेका छन्।

बालिकाका बुबा मनोज चौधरीले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

घटनामा आरोपित दुई नाबालकको हकमा भने अदालतले यसअघि नै उनीहरूलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिइसकेको छ। प्रहरीका अनुसार एक नाबालकले अनुसन्धानका क्रममा घटनामा आफ्नो भूमिका स्वीकार गरेका छन् भने अर्काले आरोप अस्वीकार गरेका छन्।

यसैबीच अनुसन्धानका क्रममा एक नाबालकले चिकित्सकसँग गरेको कुराकानीको भिडियो सार्वजनिक भएपछि गोपनीयता भंग गरेको आरोपमा प्रहरी हवल्दार कुमार विकमाथि पनि अनुसन्धान अघि बढाइएको छ। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कानुन तथा विद्युतीय कारोबारसम्बन्धी कानुनअनुसार प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

साउन ३१ गतेदेखि सम्पर्कविहीन भएकी बालिका भदौ २ गते घरबाट करिब एक सय मिटर दक्षिणतर्फ रहेको खाली घरमा मृत अवस्थामा भेटिएकी थिइन्। घटनालाई लिएर स्थानीयसँगै विभिन्न ठाउँमा विरोध प्रदर्शनसमेत भएको थियो।

घटनापछि सरकार र पीडित परिवारबीच भदौ ६ गते तीनबुँदे सहमति भएको थियो। त्यसपछि भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...