Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

भरतपुरमा इभीमा आगलागी, नारायणी विद्या मन्दिरका पूर्वसञ्चालकको मृत्यु

spot_img
spot_img

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ मा विद्युतीय कार (इभी) मा आगलागी हुँदा नारायणी विद्या मन्दिर शिवाघाटका पूर्वसञ्चालक अमर पराजुलीको मृत्यु भएको छ।

शुक्रबार बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगो लागेको थियो। आगलागीका बेला कारभित्र रहेका पराजुली बाहिर निस्कन नसक्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कारमा आगो लागेपछि दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कार पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कारमा आगलागी हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...