Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे एकै दिन दुई छुट्टा कार्यक्रम आयाेजना भएकाे छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला समिति र वीरगंज महानगर समितिले एउटै समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेकाे हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा आयोजित शोक दिवसका अवसरमा रास्वपा जिल्ला समिति पर्साले वीरगंजको माइस्थानमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सोही समयमा रास्वपा वीरगंज महानगर समितिले घण्टाघरमा छुट्टै दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।

माइस्थानमा जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला कार्यवाहक सभापति तुल्सा पौडेलको अध्यक्षता रहेको थियो भने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा जिल्ला सभापति हरि पन्त प्रमुख अतिथि थिए ।

यस्तै, घण्टाघरमा महानगर समितिले आयोजना गरेको कार्यक्रम नगर सभापति दिपराज पटेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा रास्वपा पर्साका नेता सुधिर पटेल तथा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल साह कानु, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य पक्षका नेताकार्यकर्ताको सहभागिता रहे पनि नेता पटेलसहित तीनै जना सांसदको भने उपस्थिति थिएन ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको तेह्रौँ दिनको पुण्यतिथिको अवसर पारेर आयोजना गरिएका दुवै कार्यक्रममा सहभागीहरूले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

दुवै कार्यक्रममा सहभागीहरूले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको स्मरण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए ।

वीरगंजमा एउटै दिन एउटै समय दुई छुट्टाछुट्टै कार्यक्रम आयाेजनाले पार्टीभित्र रहेकाे दुई पक्षिय गुटगत देखिएपनि त्यस्ताे गुट नरहेकाे रास्वा पर्साका सभापति एवं पर्सा क्षेत्र नं. १ का संसद हरि पन्तले दाबी गरे । उनले वीरगंज महानगर समिति र जिल्ला समितिले छुट्टा छुट्टै कार्यक्रम आयाेजना गरेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...