Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

spot_img
spot_img

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति र वीरगंज महानगर समितिले एउटै समयमा छुट्टाछुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेपछि पार्टीभित्र दुई पक्षबीच दूरी रहेको चर्चा सुरु भएको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा आयोजित राष्ट्रिय शोक दिवसका अवसरमा रास्वपा जिल्ला समिति पर्साले वीरगंजको माइस्थानमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सोही समयमा रास्वपा वीरगंज महानगर समितिले घण्टाघरमा छुट्टै दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।

माइस्थानमा जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला कार्यवाहक सभापति तुल्सा पौडेलको अध्यक्षता रहेको थियो भने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा जिल्ला सभापति हरि पन्त प्रमुख अतिथि रहेका थिए ।

यता, घण्टाघरमा वीरगंज महानगर समितिले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम नगर सभापति दिपराज पटेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा रास्वपा पर्साका नेता सुधिर पटेल तथा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल साह कानु, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य पक्षका नेताकार्यकर्ताको सहभागिता रहेको बताइएको छ । यद्यपि, नेता सुधिर पटेलसहित ती तीनै जना सांसद भने कार्यक्रममा उपस्थित थिएनन् ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको तेह्रौँ दिनको पुण्यतिथिको अवसर पारेर आयोजना गरिएका दुवै कार्यक्रममा सहभागीहरूले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । सहभागीहरूले बाढीमा ज्यान गुमाएका नागरिकहरूको स्मरण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना समेत गरेका थिए ।

वीरगंजमा एउटै पार्टीले एउटै दिन र एउटै समयमा दुई छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरेपछि पार्टीभित्र दुई पक्षबीच गुटगत अवस्था रहेको संकेत देखिए पनि रास्वपा पर्साका सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले भने पार्टीभित्र कुनै गुट नरहेको दाबी गरेका छन् ।

‘एउटै पार्टीको एउटै दिन र एउटै उद्देश्यको कार्यक्रम छुट्टाछुट्टै किन आयोजना भयो ?’ भन्ने कालिका टाइम्सको प्रश्नमा सांसद पन्तले वीरगंज महानगर समिति र जिल्ला समितिले आ–आफ्नो तर्फबाट छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको बताएका छन् ।

उनले पार्टीभित्र गुटगत विवाद नभएको दाबी गर्दै दुवै समिति स्वतन्त्र रूपमा आफ्नो संगठनात्मक जिम्मेवारीअनुसार कार्यक्रम आयोजना गर्न सक्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...