Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

spot_img
spot_img

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

नेपाल मेडिकल कलेज परिवार र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा ७५ लाख रुपैयाँ जम्मा गरिएको हो । सहयाेग रकम बराबरकाे चेक नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारी लगायतकाले अर्थ मन्त्री डा. स्वर्णिम बाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवार र समुदायलाई राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको दुवै संस्थाले जनाएका छन् ।

स्वास्थ्य सेवामा निरन्तर समर्पित दुवै संस्थाले विपद्को कठिन घडीमा आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै रसुवाका प्रभावित नागरिकहरूको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूको संयुक्त योगदानले राहत वितरण, उद्धार कार्य तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मानवीय सेवाको भावनाबाट प्रेरित यस सहयोगले विपद्को समयमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

नेशनल मेडिकल कलेज, वीरगंज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनहरूमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्को असरबाट प्रभावित नागरिकहरूको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवामूलक कार्यमा आफ्नो सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...