Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ ।

नेकपा (एमाले) मधेश प्रदेश कमिटीका अध्यक्ष चन्दैश्वर मण्डलले पर्सा जिल्ला कमिटीलाई पत्र पठाउँदै पार्टी विधानको धारा ६८ अनुसार उक्त नियुक्ति बदर गरिएको जानकारी दिएका हुन् ।

पत्रमा नेकपा (एमाले) वीरगंज महानगर कमिटीको प्रथम अधिवेशनबाट महानगर कमिटी निर्वाचित भइसकेको उल्लेख गर्दै अधिवेशनबाट निर्वाचित कमिटीमा अध्यक्ष, पदाधिकारी वा सदस्यको पद रिक्त भएमा सोही कमिटीले पदपूर्ति गर्ने व्यवस्था पार्टी विधानमा रहेको जनाइएको छ ।

विधानको धारा ६८ अनुसार निर्वाचित कमिटीमा रिक्त पदको पदपूर्ति सम्बन्धित कमिटीले नै गर्ने व्यवस्था रहेकाले जिल्ला कमिटीले महानगर कमिटीको अध्यक्ष मनोनयन गर्न नसक्ने प्रदेश कमिटीले स्पष्ट पारेको छ ।

यसअघि पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति पार्टी विधानविपरीत भएको भन्दै मधेश प्रदेश कमिटीले उक्त निर्णय यसै पत्रमार्फत बदर गरेको जनाएको छ ।

यसैबीच, वीरगंज महानगर कमिटीको मिति २०८३ भदौ २० गते बसेको बैठकले लियाकत अलीलाई अध्यक्ष, सन्जु छतकुलीलाई उपाध्यक्ष तथा जलन्धर पटेललाई सचिवमा मनोनयन गरेको थियो ।

मधेश प्रदेश कमिटीले महानगर कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको पत्रमा उल्लेख गरिएको छ ।

मधेश प्रदेश कमिटीका अध्यक्ष चन्दैश्वर मण्डलद्वारा हस्ताक्षरित पत्रमार्फत वीरगंज महानगर कमिटीको नेतृत्वसम्बन्धी विवादमा पार्टी विधानअनुसार निर्णय गरिएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...