Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

spot_img
spot_img

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ ।

वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष क. लियाकत अलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगंज महानगर इन्चार्ज एवं वीरगंजका प्रथम मेयर विजयकुमार सरावगी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

त्यस्तै, नेकपा एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष तथा वीरगंज इन्चार्ज क. विचारी यादव विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

बैठकले वीरगंज महानगर कमिटीमा रिक्त रहेका पदहरूमा क्रमशः लियाकत अलीलाई अध्यक्ष, सञ्जीवबहादुर छतकुलीलाई उपाध्यक्ष तथा जलन्धरप्रसाद कुर्मीलाई सचिव पदमा मनोनयन गरेको छ ।

नवनियुक्त पदाधिकारीहरूलाई नेकपा एमाले वीरगंज महानगर कमिटीको लेखा समितिका संयाेजक अजय साहले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै जानकारी दिएक हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...