Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

बाढीपीडितको राहतका लागि तेली कल्याण समाज पर्साको १ लाख १ हजार सहयोग

spot_img
spot_img

वीरगंज । हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि तेली कल्याण समाज पर्साले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्राकृतिक विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको भन्दै राहत तथा उद्धार कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

बैठकमा तेली कल्याण समाजका नगर अध्यक्ष पन्नालाल साह तेली, जिल्ला सचिव वीरेन्द्र साह, गणेशप्रसाद साह, पारस साह, प्रदीप साह, श्रीलाल साह, ताराचन्द साह, मोहन साह, राजकुमार साह, उमेश साह, बाँके बिहारी साह, उपेन्द्र साह व्यास, कासी साहजी लगायतको उपस्थिति रहेको थियो ।

समाजले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...