Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

कालिकामाईको जनता माविद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–१, मुड्लीस्थित श्री जनता माध्यमिक विद्यालयले बाढीपीडितको राहतका लागि आर्थिक सहयोग गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र विद्यालयका प्रधानाध्यापक जयप्रकाश कुमार चौरसियाको संयुक्त पहलमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूबाट सहयोग रकम संकलन गरिएको हो।

संकलित रकममध्ये विद्यालय व्यवस्थापन समिति अध्यक्ष राउतको तर्फबाट ५ हजार १ सय रुपैयाँ सहयोग गरिएको थियो। अन्य शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूबाट संकलित रकमसमेत गरी जम्मा १८ हजार १ सय रुपैयाँ बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक जयप्रकाश कुमार चौरसियाले प्राकृतिक विपद्को पीडामा परेका नागरिकलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले विद्यालय परिवारले संयुक्त रूपमा सहयोग रकम संकलन गरेको बताउनुभयो।

उहाँले विपद्को समयमा सबै व्यक्ति तथा पक्षले आ–आफ्नो ठाउँबाट सहयोगको हात अघि बढाउनुपर्नेमा जोड दिँदै विद्यालय परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जानकारी दिनुभयो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...