Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण भइरहेको सूचनाका आधारमा वीरगंज महानगरपालिका–१६ स्थित एबी क्यारियर्सको गोदाममा छापा मारेर औषधिसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एबी क्यारियर्समा चेकजाँच गरेको थियो । सो क्रममा विभिन्न प्रकारका औषधि बरामद भएपछि एबी क्यारियर्सका सञ्चालक वीरगंज–१६ निवासी ४२ वर्षीय राजेश यादवलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार गोदामबाट हिम क्याम–एमपी मल्टी डोज भेट १६८ पिस, लिलिभम्याक्स भेट इन्जेक्सन ८४० पिस र हिमहिल हर्बल स्प्रे २९५ थान बरामद गरिएको छ । बरामद औषधिको अनुमानित मूल्य ४ लाख १९ हजार ४ सय १० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका यादवलाई बरामद औषधिसहित थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगंज, पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...