Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

५०.७ ग्राम खैरो हेरोइनसहित वीरगंजबाट दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले वीरगंजबाट ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१५ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एउटा मोबाइल र ‘अन टेस्ट’ लेखिएको एउटा मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंजमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...