Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

वीरगंजमा मानव निर्मित ताल बनाउन पर्यटन मन्त्रीसँग सांसद पन्तको आग्रह

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं पर्सा–१ का सांसद हरि पन्तले वीरगंजमा पर्यटकीय गतिविधि बढाउन सर्लाहीको भरततालजस्तै मानव निर्मित ताल निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलसँग आग्रह गरेका छन् ।

शनिबार वीरगंजस्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा सांसद पन्तले वीरगंजमा पर्यटनको नयाँ गन्तव्य विकास गर्न मानव निर्मित ताल निर्माणको प्रस्ताव मन्त्री पौडेलसमक्ष राखेका हुन् ।

पन्तको प्रस्ताव सम्बोधन गर्दै मन्त्री पौडेलले स्थानीय सरकारले ताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सके संघीय सरकारले वीरगंजको पर्यटन प्रवर्द्धनका लागि ताल निर्माणमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले नेपाल सरकारले मधेस प्रदेशमा पर्यटन प्रवर्द्धनको सम्भावना पहिचान गर्ने काम अघि बढाइरहेको बताए । मधेसका पर्यटकीय स्थलहरूको पहिचान गरी पर्यटन विकासका लागि आवश्यक योजना बनाउने काम भइरहेको उनको भनाइ थियो ।

मन्त्री पौडेलले शुक्रबार पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर र सिम्रौनगढको भ्रमण गरेका थिए । शनिबार वीरगंजमा स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुका साथै वीरगंज उद्योग वाणिज्य संघमा स्थानीय उद्योगी–व्यवसायीसँग वीरगंजको पर्यटन प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरेका छन् ।

क्लासिक ब्याङ्क्वेटमा भएको भेटघाट कार्यक्रम रास्वपा पर्साका सभापति हरि पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । यस्तै, वीरगंज उद्योग वाणिज्य संघमा भएको अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा रास्वपा मधेस प्रदेशका सभापति तपेश्वर यादव, बारा जिल्लाका सांसद गणेश धिमाल, अरविन्द साह, चन्दन सिंहलगायतको उपस्थिति थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जितेन्द्र सोनलद्वारा विद्यार्थीलाई ‘मधेस आन्दोलन र नेतृत्व’ विषयमा प्रशिक्षण

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्। समाजवादी...

प्याब्सन राइम्स फेस्टमा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

वीरगंज । वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित ‘प्याब्सन राइम्स फेस्ट २०८३’ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ । प्रतियोगितामा मूनलाइट स्कुल...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...