Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

जितेन्द्र सोनलद्वारा विद्यार्थीलाई ‘मधेस आन्दोलन र नेतृत्व’ विषयमा प्रशिक्षण

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्।

समाजवादी विद्यार्थी युनियन, नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सोनलले सहभागी विद्यार्थीलाई मधेस आन्दोलनको पृष्ठभूमि, यसको उद्देश्य तथा नेतृत्व विकासका विषयमा प्रशिक्षण दिएका हुन्।

प्रशिक्षणका क्रममा उनले विद्यार्थीको राजनीतिक चेतना, नेतृत्व क्षमता र संगठनात्मक भूमिकाका विषयमा समेत धारणा राखेको आयोजकले जनाएको छ।

कार्यक्रम समाजवादी विद्यार्थी युनियन, नेपालको आयोजनामा सञ्चालन भइरहेको प्रशिक्षण शृङ्खलाअन्तर्गत दोस्रो दिन आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थी नेताहरू तथा सहभागीहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका  प्रश्न, असहमति र विचारका लागि खुलामञ्च आवश्यक रहेको बताउनुभएको छ । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज...

रहबर अन्सारीको आरोपप्रति निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ...

प्याब्सन राइम्स फेस्टमा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

वीरगंज । वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित ‘प्याब्सन राइम्स फेस्ट २०८३’ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ । प्रतियोगितामा मूनलाइट स्कुल...