Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

प्याब्सन राइम्स फेस्टमा विद्या सदन प्रथम, मूनलाइट दोस्रो र लिटल फ्लावर तेस्रो

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित क्लासिक ब्याङ्क्वेट हलमा आयोजित ‘प्याब्सन राइम्स फेस्ट २०८३’ मा विद्या सदन २६९ अंक प्राप्त गर्दै प्रथम भएको छ ।

प्रतियोगितामा मूनलाइट स्कुल २४१ अंकसहित दोस्रो तथा लिटल फ्लावर स्कुल २२६.५ अंकसहित तेस्रो भएका छन्। रोयल एकेडेमी २२०.५ अंकसहित चौथो र ज्ञानदा एकेडेमी २१८.५ अंकसहित पाँचौँ स्थानमा रहे ।

उत्कृष्ट पोसाक प्रस्तुतिका लागि गुरुकुल पन्ना मेमोरियललाई ‘बेस्ट कस्ट्युम अवार्ड’ प्रदान गरिएको थियो ।

विद्यालय तहका विद्यार्थीमा नृत्य, सिर्जनशीलता तथा प्रस्तुति क्षमता विकास गर्नुका साथै सामाजिक तथा शैक्षिक विषयप्रतिको उनीहरूको बुझाइ उजागर गर्ने उद्देश्यले प्याब्सन राइम्स फेस्ट आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

विद्यार्थीहरूले राइम्स तथा प्रस्तुतिमार्फत शिक्षा, शान्ति, मानवता, जंक फुड तथा स्वस्थ खानपानलगायत समाजसँग प्रत्यक्ष जोडिएका विषय उठाएका थिए। आकर्षक प्रस्तुति, सन्देशमूलक विषयवस्तु र सिर्जनात्मक शैलीले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।

कार्यक्रमका संयोजक प्याब्सन महानगर सदस्य विजयकुमार बल रहेका थिए । प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी र प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा रानी खरेल, पिंकी जोशी र द्विवेश गुप्ता रहेका थिए । कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय एकाइ पर्साका अध्यक्ष मोती भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, गोपाल साह, गुरुकुलका प्रधानाध्यापक तेजिन्द्र कौर, रोयल एकेडेमी स्कुलका प्रधानाध्यापक विजया ओझैया, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेशकुमार साह, आनन्द चतुर्वेदी, जितेन्द्र प्रियांशुलगायतको उपस्थिति थियो । त्यस्तै, प्याब्सन पर्साका सचिव अशोक संग्रौला तथा मिडिया संयोजक दिपु बनर्वाललगायत सहभागी थिए ।

प्रमुख अतिथि भट्टराईले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक विषयप्रतिको चेतना विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

प्याब्सन पर्साका अध्यक्ष चौधरीले विद्यार्थीको शैक्षिक विकाससँगै कला, प्रतिभा र सिर्जनात्मक क्षमतालाई पनि प्राथमिकता दिनुपर्ने बताए। विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीलाई थप उत्साहित बनाउने उनले उल्लेख गरे ।

प्रतियोगितामा विद्यार्थीहरूले प्रस्तुत गरेका राइम्स, नृत्य तथा सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक मात्र नभई शिक्षा, सामाजिक चेतना र विद्यार्थी प्रतिभासँग जोडिएको सन्देशमूलक उत्सवका रूपमा प्रस्तुत गरेको थियो।

प्रतियोगितासम्बन्धी जानकारी प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले दिएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रहबर अन्सारीको आरोपप्रति निजी मेडिकल कलेज एसोसिएसनको आपत्ति

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा व्यक्त गरेको आरोपप्रति निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ...

जितेन्द्र सोनलद्वारा विद्यार्थीलाई ‘मधेस आन्दोलन र नेतृत्व’ विषयमा प्रशिक्षण

वीरगंज । जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले ‘मधेस आन्दोलन एवं नेतृत्व अभिवृद्धि’ विषयमा प्रशिक्षण दिएका छन्। समाजवादी...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देश गम्भीर राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय स्वाधीनताको संकटमा फस्दै गएको निष्कर्षसहित त्यसबाट...