Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

spot_img
spot_img

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुँदा आरव र आयुशीले ३.९ जीपीए प्राप्त गरेका थिए । कम्प्युटर विषयमा अपेक्षाभन्दा कम ‘ए’ ग्रेड आएपछि उनीहरू निराश बने । आफूले परीक्षामा दिएको उत्तरमा पूर्ण विश्वास भए पनि नतिजाले उनीहरूको मेहनतमाथि प्रश्न उठाएको जस्तो महसुस भयो ।

तर उनीहरूले हार मानेनन् । अभिभावक र विद्यालयको साथ पाएपछि सुरुमा पुनर्गणनाका लागि निवेदन दिए । पुनर्गणनाबाट पनि अपेक्षित परिणाम नआएपछि उनीहरू उत्तरपुस्तिका पुनःपरीक्षणका लागि राष्ट्रिय परीक्षा बोर्ड पुगे ।

उत्तरपुस्तिका तीन जना परीक्षकबाट पुनः जाँच गराइयो । पुनःपरीक्षणपछि औसत अंकका आधारमा कम्प्युटर विषयमा ‘ए प्लस’ आएपछि आरव र आयुशीको जीपीए ४ पुगेको हो । उनीहरू नेपाल टप गर्न सफल भए ।

आफ्नो मेहनत र आत्मविश्वासका कारण उत्कृष्ट नतिजा हासिल गरेका दुवै विद्यार्थीलाई गौतम माविले सम्मानस्वरूप ल्यापटप प्रदान गरेको छ ।

विद्यालयको प्रार्थना समयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण तथा कम्प्युटर शिक्षक टिएन चौधरीले आरव र आयुशीलाई ल्यापटप हस्तान्तरण गरे ।

ल्यापटप हस्तान्तरणपछि विद्यालयकी प्रबन्ध निर्देशक परीक्षा पिया लामाले विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना दिइन् । उनले आरव र आयुशीले देखाएको आत्मविश्वास र आत्मबलबाट आफू अत्यन्तै खुसी भएको बताउँदै उनीहरूको सफलतामा अभिभावक तथा विद्यालयका शिक्षक–शिक्षिकाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् ।

विद्यालयका निर्देशक सोनाम लामाले विद्यालय स्थापनादेखि एसएलसी तथा एसईई परीक्षामा विद्यार्थीहरूले हासिल गर्दै आएको सफलताले विद्यालयको संस्थागत उचाइ बढाएको बताए । उनले विद्यार्थीहरूको उपलब्धिले गुणस्तरीय शिक्षामा थप अगाडि बढ्न प्रेरणा मिलेको उल्लेख गरे ।

ल्यापटप ग्रहण गर्दै आरव र आयुशीले सफलता प्राप्त गर्न निरन्तर मेहनत, संघर्ष र अनुशासन आवश्यक रहेको बताए । शिक्षकहरूले पढाएका विषयलाई गहिराइमा अध्ययन गर्ने र नियमित रूपमा मेहनत गर्ने हो भने आफूले चाहेजस्तो नतिजा हासिल गर्न सकिने उनीहरूको भनाइ थियो ।

कहिलेकाहीँ आफूले अपेक्षा गरेजस्तो नतिजा नआए पनि निराश भएर आफूलाई कमजोर बनाउनुको सट्टा आत्मविश्वास र आत्मबल बलियो बनाएर अघि बढ्नुपर्ने उनीहरूले विद्यार्थीहरूलाई सुझाव दिए । पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि सँगसँगै अघि बढाउन उनीहरूले आग्रह गरे ।

विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले आरव र आयुशीको आत्मविश्वास, आत्मबल र मेहनतको कदर गर्दै उच्च शिक्षाका लागि थप प्रोत्साहन गर्ने उद्देश्यले ल्यापटप प्रदान गरिएको बताए ।

कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, इनोभेसन प्रमुख एल्भिन रेञ्जरलगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

2 COMMENTS

  1. Inspiring story about Arav and Ayushi! मेहेन्त की कही समझ है, पर हर ट्राइ बंधाना ज़रूरी बहुती है। Daily word challenges like Krillion bhi mind sharpen karne mein help karti hain. Keep chasing excellence! krillion

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...