Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

spot_img
spot_img

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताएका छन् । वीरगंजमा मनोज, बारा, सुपर, नारायणी लगायत विभिन्न कम्पनीका ग्यासको अभाव देखिएको छ ।

यसअघि घरघरमै डिलरमार्फत ग्यास पुर्‍याइने गरे पनि अहिले उपभोक्ताहरूले डिलर तथा बिक्री केन्द्रमै पुगेर घण्टौँ लाइनमा बसेर सिलिन्डर लिनुपर्ने अवस्था रहेको छ ।

वीरगंजसहित पर्सा जिल्लामा ग्यासको अभाव देखिएपछि कालोबजारी तथा कृत्रिम अभावको आशंकामा स्थानीय प्रशासनले बजार अनुगमनसमेत गर्दै आएको छ । सरकारले ग्यासको आपूर्ति सहज बनाउन विभिन्न प्रयास गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था भने अझै बन्न सकेको छैन ।

ग्यास विक्रेता संघ पर्साका अध्यक्ष वीरेन्द्र साहका अनुसार कम्पनीबाट बजार तथा डिलरहरूमा नियमित रूपमा ग्यास आपूर्ति भइरहेको भए पनि मागअनुसार आपूर्ति हुन नसक्दा अभाव कायम रहेको हो ।

मुक्तिनाथ सप्लायर्स एण्ड सन्सका सञ्चालकसमेत रहेका शाहले पहिले ६० वटा भरिएका सिलिन्डर आउने गरेकोमा अहिले एकपटकमा ७० वटासम्म सिलिन्डर आउने गरेको बताए । तर, पहिले दुई दिनसम्म बिक्री हुने ग्यास अहिले गाडीबाटै ग्राहकले लैजाने अवस्था रहेको उनको भनाइ छ ।

“पहिलाभन्दा अहिले सप्लाई बढी भए पनि ग्यासको अभाव कायमै छ । ग्राहकहरूले घरमा ग्यास रहेकाे सिलिन्डरसमेत स्टक गरेर राखेका कारण पनि अभाव देखिएको छ,” शाहले भने ।

उनले ग्यासको अभाव कम गर्न एकपटक सिलिन्डर लिइसकेका उपभोक्ताले कम्तीमा १० दिनपछि मात्रै अर्को सिलिन्डर लिन आग्रह गरेका छन् । सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउन आवश्यकताअनुसार मात्र सिलिन्डर खरिद गर्न र अन्य ग्राहकलाई पनि अवसर दिन उनले आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...