Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

spot_img
spot_img

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको छ ।

गृहमन्त्री सुधन गुरुङ र मृतकका बुवा रामवृक्ष यादवबीच भएको सम्झौतामा सरकारले पीडित परिवारका माग यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो ।

सम्झौताअनुसार नेपाल सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ । साथै, श्रावण १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ ।

यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने, घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनअनुसार कार्यान्वयन गरिने सहमति भएको छ ।

सम्झौतामा गणेश यादवको स्मृतिमा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने तथा आवश्यक अन्य पहल गर्ने उल्लेख छ । साथै, मृतकको अन्त्येष्टि शनिबार बिहान १० बजे गर्ने सहमति भएको छ ।

त्यसैगरी, मृतकका भाइ र बहिनीलाई निःशुल्क शिक्षाको व्यवस्था तथा उनका आमा–बुवाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने प्रतिबद्धता पनि सम्झौतामा समेटिएको छ ।

उक्त सम्झौतामा मृतकका बुवा रामवृक्ष यादव र गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...