Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

तीन महिनादेखि बन्द पर्सागढी–६ को वडा सेवा सञ्चालन गराउन आन्दोलनको तयारी

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिका–६ को वडा कार्यालयबाट प्रवाह हुने सेवा तथा सिफारिसका काम विगत करिब तीन महिनादेखि बन्द भएपछि स्थानीयवासीले समस्या समाधानका लागि सक्रिय पहल थालेका छन् ।

बिहीबार वडा सम्बन्धी समस्या समाधानका लागि पूर्व वडा सदस्य तथा समाजसेवी अर्जुन प्रसाद गिरीको अध्यक्षतामा स्थानीय राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजका प्रतिनिधिहरूको बैठक बसेर विभिन्न निर्णय गरेका हुन् ।

बैठकले वडा कार्यालयबाट उपलब्ध हुने सेवा–सुविधा र सिफारिसलगायतका सम्पूर्ण कार्य बन्द हुँदा स्थानीय जनताले सास्ती खेप्नुपरेको तथा वडा तहबाट प्रदान गरिने आधारभूत सेवा प्रभावित भएको निष्कर्ष निकालेको छ ।

बैठकमा भएको छलफलअनुसार वडा कार्यालयको सेवा अवरुद्ध हुनुको मुख्य कारण वडा अध्यक्ष नवलकिशोर प्रसाद कलवार र पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकबीचको आन्तरिक विवाद रहेको उल्लेख गरिएको छ । उक्त विवादका कारण वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुँदा सर्वसाधारण प्रत्यक्ष रूपमा मर्कामा परेको बैठकको निष्कर्ष छ ।

समस्या समाधानका लागि बैठकले आगामी साउन ११ गते सोमबार पर्सागढी नगरपालिकामा डेलिगेसन जाने निर्णय गरेको छ । त्यस दिन बिहान ११ बजे वडा नं. ६ का समाजसेवी, बुद्धिजीवी तथा नागरिकहरू नगरपालिकाको कार्यालयमा भेला भएर नगर प्रमुखसँग छलफल गर्ने तथा वडा कार्यालयको सेवा तत्काल सुचारु गराउन माग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, वडा कार्यालयको सेवा सञ्चालन गराउन आवश्यक पहल, प्रयास र दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अर्को निर्णय गर्दै वडा सम्बन्धी समस्या समाधानका लागि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय पर्सा तथा सम्बन्धित मन्त्रालयमा निवेदन दिने, आवश्यक समन्वय र सहकार्य गर्ने तथा यथाशीघ्र सेवा प्रवाह सुचारु गराउन पहल गर्ने सर्वसम्मत निर्णय गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...