Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया धराैटी बुझाएर रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भाेला दाहालकाे आदेशमा वडाध्यक्ष पटेल धराैटीमा रिहा भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

मंगलबार विहान वडाध्यक्ष पटेललाई प्रहरीले उनकाे गाउँ कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्ताबाट नियन्त्रणमा लिएको थियाे । गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र मल्लले पुष्टि समेत गरेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई मंगलबार विहान नियन्त्रणमा लिएर साेही दिन जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएकाे थियाे ।

कर्मचारी कुटपिटकाे विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारवाहीको माग गर्दै आन्दोलित थिए ।

गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको थियो । कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए ।

यसैक्रममा प्रहरीले वडाध्यक्ष पटेल सहित ३ जनामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरेकाे हाे । जस मध्ये अन्य दुई जना अझै फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

यसैबिच धराैटीमा रिहा भएका वडाध्यक्ष पटेल आफुलाई प्रहरीले पक्राउ नगरेकाे वताउँदै आफै जिल्ला प्रशासन कार्यालयमा वयान दिनकाे लागि उपस्थित भएकाे दाबी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...