Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया धराैटी बुझाएर रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भाेला दाहालकाे आदेशमा वडाध्यक्ष पटेल धराैटीमा रिहा भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

मंगलबार विहान वडाध्यक्ष पटेललाई प्रहरीले उनकाे गाउँ कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्ताबाट नियन्त्रणमा लिएको थियाे । गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र मल्लले पुष्टि समेत गरेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई मंगलबार विहान नियन्त्रणमा लिएर साेही दिन जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएकाे थियाे ।

कर्मचारी कुटपिटकाे विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारवाहीको माग गर्दै आन्दोलित थिए ।

गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको थियो । कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए ।

यसैक्रममा प्रहरीले वडाध्यक्ष पटेल सहित ३ जनामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरेकाे हाे । जस मध्ये अन्य दुई जना अझै फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

यसैबिच धराैटीमा रिहा भएका वडाध्यक्ष पटेल आफुलाई प्रहरीले पक्राउ नगरेकाे वताउँदै आफै जिल्ला प्रशासन कार्यालयमा वयान दिनकाे लागि उपस्थित भएकाे दाबी गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...