Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत गरेका छन् । उनले उक्त निर्णयलाई जनभावनाअनुकूल र संविधानसम्मत कदम भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साहले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर लगाउनु सुरुदेखि नै अनुचित रहेको बताएका छन् । आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु स्वागतयोग्य र प्रशंसनीय भएको उनको भनाइ छ ।

शिक्षा र स्वास्थ्य कर हटाउने निर्णयको स्वागत गर्दै साहले अब राइड सेयरिङ (सवारी साझेदारी) सेवा तथा बिजुली महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उनले सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका यस्ता आधारभूत सेवामा कर लगाउनु न्यायोचित नभएको उल्लेख गर्दै सरकारले यस विषयमा पनि शीघ्र सकारात्मक निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष साहले देशमा सरकार परिवर्तनसँगै विभिन्न शीर्षकमा थपिँदै गएका अनावश्यक करप्रति आम जनता पार्टी सुरुदेखि नै विरोधमा रहेको स्मरण गराउँदै यस्ता कर खारेजीको माग गर्दै पार्टीले विगतदेखि नै आन्दोलनसमेत गर्दै आएको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...