Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

शिक्षा–स्वास्थ्य कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर हटाउने सरकारको निर्णयको स्वागत गरेका छन् । उनले उक्त निर्णयलाई जनभावनाअनुकूल र संविधानसम्मत कदम भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष साहले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर लगाउनु सुरुदेखि नै अनुचित रहेको बताएका छन् । आम नागरिकको भावना र मागलाई आत्मसात गर्दै सरकारले उक्त कर हटाउने निर्णय गर्नु स्वागतयोग्य र प्रशंसनीय भएको उनको भनाइ छ ।

शिक्षा र स्वास्थ्य कर हटाउने निर्णयको स्वागत गर्दै साहले अब राइड सेयरिङ (सवारी साझेदारी) सेवा तथा बिजुली महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

उनले सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका यस्ता आधारभूत सेवामा कर लगाउनु न्यायोचित नभएको उल्लेख गर्दै सरकारले यस विषयमा पनि शीघ्र सकारात्मक निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष साहले देशमा सरकार परिवर्तनसँगै विभिन्न शीर्षकमा थपिँदै गएका अनावश्यक करप्रति आम जनता पार्टी सुरुदेखि नै विरोधमा रहेको स्मरण गराउँदै यस्ता कर खारेजीको माग गर्दै पार्टीले विगतदेखि नै आन्दोलनसमेत गर्दै आएको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...