Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

कालिकामाई गाउँपालिका ३ का वडाध्यक्ष संजय पटेल पक्राउ, अन्य फरार

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई उनकै गाउँ कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्ताबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न अन्य आरोपितहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनाको विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारवाहीको माग गर्दै आन्दोलित थिए ।

गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको थियो । कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए।

यसैक्रममा प्रहरीले वडाध्यक्ष पटेललाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने तयारी गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...