Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

चन्दन प्रजापतिको भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक

spot_img
spot_img

वीरगंज । चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगंजका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता साहले गीतको औपचारिक विमोचन गरेकी थिइन । लेखक तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । गीतका गायक तथा मुख्य कलाकार चन्दन प्रजापति र निभा यादव रहेका छन् ।

गीतका गायक तथा मुख्य कलाकार प्रजापतिले देशको सुरक्षामा खटिने सैनिक र उनीहरूको पारिवारिक जीवनलाई केन्द्रमा राखेर गीत निर्माण गरिएको बताए । चर्चित गायिका कल्पना पटवारीको स्वरले गीतलाई थप आकर्षक बनाएको उल्लेख गर्दै उनले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार एनआर म्युजिक रेकर्ड्समार्फत निर्माण गरिएको गीत तयार गर्न करिब साढे चार लाख रुपैयाँ खर्च भएको छ । आगामी दिनमा पनि सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित भोजपुरी गीतहरू निर्माण गर्दै जाने योजना रहेको उनले बताए ।

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबे, महासङ्घका सदस्य विभा साह र धीरज साह, भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, लेखक प्रमोद पाण्डे ‘हेरम्ब’, कलाकार निभा यादव, निर्माता नितेश मेहता, राज सोनी, लेखक उमालाल साह, भोजपुरी गायक सुनिल पण्डित, टिकटक कलाकार तथा सञ्चारकर्मीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वीपीसी कलेजको सभाहलमा सम्पन्न विमाेचन कार्यक्रमको सञ्चालन पत्रकार जय यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...