Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

जनप्रतिनिधिबीचको विवादले गाउँसभा हुन सकेन, मन्त्रालयद्वारा साउन ७ भित्र बजेट प्रविष्टि गर्न निर्देशन

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य रूपमा ल्याउनुपर्ने बजेट नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि पनि पारित हुन नसक्दा ती पालिकामा विकास निर्माणका योजना प्रभावित हुने देखिएको छ ।

हालसम्म बजेट ल्याउन नसक्ने स्थानीय तहमा छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका, पकाहाँ मैनपुर गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका लगायत रहेका छन् । बजेट नआएका कारण नयाँ आर्थिक वर्षका विकास योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुने निश्चित भएको छ ।

सम्बन्धित पालिकाका अनुसार जनप्रतिनिधिबीचको आपसी मतभेदका कारण गाउँसभा सम्पन्न हुन नसक्दा बजेट पारित हुन सकेको छैन । सखुवा प्रसाैनी र कालिकामाई गाउँपालिका सहितका केही पालिकाले असार मसान्तभित्र नीति तथा कार्यक्रम भने स्वीकृत गरे पनि बजेट भने अझै पारित गर्न सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभा वा नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था छ । तर राजनीतिक विवाद र आन्तरिक असमझदारीका कारण पर्साका केही पालिकाले कानुनी समयसीमा पालना गर्न सकेका छैनन् ।

यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै साउन ७ गतेभित्र आफ्नो पालिकाको बजेट प्रणालीमा प्रविष्ट (इन्ट्री) गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र बजेट प्रविष्ट नगर्ने स्थानीय तहको बजेट रोक्का गर्न सकिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

समयमै बजेट पारित हुन नसक्दा विकास निर्माणका आयोजना, सेवा प्रवाह, खरिद प्रक्रिया तथा अन्य प्रशासनिक कार्यसमेत प्रभावित हुने भएकाले सम्बन्धित पालिकाले यथाशीघ्र गाउँसभा सम्पन्न गरी बजेट पारित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...