Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : आजपा

spot_img
spot_img

वीरगंज । प्रभु साह नेतृत्वकाे आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष निकालेको छ । राजनीतिक अस्थिरतालाई चिर्दै नेपाली जनताले रास्वपालाई झण्डै दुई तिहाईको जनमत दिँदापनि सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन र उल्टै जनतामा चरम निराशा थुपार्ने काम गरेको आजपाको ठहर छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै आजपाले नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो निश्कर्ष साझा गरेको हो । आजपाको तर्फबाट प्रवक्ता सुभाषप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देशलाई विकास र निकास दिन असफल भएको निश्कर्ष सुनाएका हुन् ।

बिकास बजेट जम्मा ४६% खर्च र राजस्व संकलन जम्मा ८४%, भएको, वैदेशिक अनुदान सहायता ५८% मात्र प्राप्त भएको तथा ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढी थपिएको अर्थात् वित्तीय कार्यसम्पादनको हिसाबले यो वर्ष इतिहासकै अहिलेसम्मको सबैभन्दा खराब (Worst) वर्ष साबित भएको आजपाको दाबी छ ।

शक्तिशाली सरकार बन्दापनि बजार अनियन्त्रित बनेको र राज्यको लुटकारी चरित्र अझै उदांगो बनेको, उपभोक्ता चरम मूल्यवृद्धिको मारमा परेको र भान्सा महँगो बन्दा जनजीवन नै कठिन बनेको आजपाको निश्कर्ष छ ।

विधि मासेर बलपूर्वक शासन गर्ने शैलीको कारण वर्तमान सरकार बदनाम बनेको पनि उसको ठहर छ । २०८१ सालको फागुनदेखि नै नेपाल ग्रे–लिष्टमा रहेकोमा अहिले उक्त लिष्टबाट हट्नुको साटो उल्टै ब्ल्याक लिष्टमा पर्ने जोखिम बढेको छ ।

नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनमा वर्तमान सरकार पूर्ण रुपमा असफल हुँदा नेपाल एफएटिएफको ब्ल्याकलिष्टमा पर्न लागेको आजपाको ठम्याई छ ।

सरकारले अर्थतन्त्रमा ठोस नीतिगत सुधार गर्नुको साटो उल्टै समस्या थुपार्ने काम गरेको आजपाको आरोप छ । सुशासनमार्फत उच्च व्यावसायिक आत्मविश्वास जगाउनुको साटो उच्चपदस्थ कर्मचारीलाई बिनाकारण नियन्त्रणमा लिने, संवैधानिक पदाधिकारीलाई डर र त्रासमा राखने तथा निजी क्षेत्रमाथि धरपकड गरिनुले मुलुकको अर्थतन्त्र धर्मराएको आजपाले जनाएको छ ।

वर्तमान सरकार बनेपछि लगानीको वातावरण बन्छ भनेर गरिएको आशा निराशामा परिणत भएको आजपाको ठहर छ । सरकारले विकास कुटनीतिको दुहाई दिएपनि वैदेशिक सम्बन्धमा गतिशिलता दिनुको सट्टा गतिरोधको अवस्था सिर्जना गरेको निश्कर्ष आजपाले निकालेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...