Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

कालिकामाईका कर्मचारीहरु सम्पूर्ण कार्यालयकाे सांचाे सिडिओलाई बुझाउने

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । कर्मचारीहरूले मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलनका थप कार्यक्रमसमेत सार्वजनिक गरेका छन् ।

कर्मचारीहरूका अनुसार घटना भएको भोलिपल्ट नै इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ताका लागि पुगे पनि हालसम्म प्रहरीले जाहेरी दर्ता नगरेको हो । घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै पेनडाउन आन्दोलनसमेत गरेका थिए । तर प्रहरी प्रशासनले माग सम्बोधन नगरेपछि आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको उनीहरूले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय कुमार पटेल, गाउँपालिका–२ निवासी राजनिश कुशवाहा तथा हिरालाल राउत कुर्मीविरुद्ध आपराधिक उपद्रव मुद्दामा किटानी जाहेरी दिएको भए पनि प्रहरीले दर्ता नगरेको बताए ।

उनका अनुसार घटनाको सीसीटीभी फुटेजमा कार्यालयभित्र कर्मचारीमाथि कुटपिट भएको स्पष्ट देखिए पनि प्रहरीले कुनै प्रक्रिया अघि नबढाएको भन्दै कर्मचारीहरू त्रसित बनेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, “सुरुमा इलाका प्रहरी कार्यालयले जिल्लामा जानुस् भन्यो, जिल्लाले फेरि इलाकामै जानुस् भन्यो । पछि जाहेरी लिएपनि दर्ता भएन । यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकलाई भेट्न खोज्दा भेटसमेत हुन सकेन । कर्मचारीकै अवस्था यस्तो छ भने सर्वसाधारणको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।”

उनले उक्त घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको, गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको तथा सुशासनमा समेत नकारात्मक असर परेको बताए ।

गाउँपालिकाका प्रशासन शाखा प्रमुख सरोज कुमार साहका अनुसार आन्दोलनका थप कार्यक्रमअन्तर्गत असार ३१ गतेदेखि साउन १ गतेसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर बिहान ९ बजेदेखि १२ बजेसम्म मात्रै कार्यालय सञ्चालन गर्नेछन् । यस्तै साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय पर्साअगाडि गाउँपालिका, वडा कार्यालयका कर्मचारीसहित धर्ना कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि पनि दोषीमाथि कारबाही नभए साउन ६ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरी कार्यालयको साँचो जिल्ला प्रशासन कार्यालयमा बुझाइने निर्णय गरिएको उनले जानकारी दिए ।

यसअघि पनि कर्मचारीहरूले गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारेका थिए । आन्दोलनकै क्रममा दुई दिनसम्म विद्यालय र स्वास्थ्य संस्थासमेत बन्द गरिएपछि आलोचना बढेपछि ती सेवा पुनः सञ्चालन गरिएको थियो ।

पीडित कर्मचारी चन्दन कुमार चौरसियाले कार्यालय समयमै योजनाबद्ध रूपमा आफूमाथि आक्रमण भएको दाबी गर्दै दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न, सरकारी कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तथा घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरे ।

पत्रकार सम्मेलनमा गाउँपालिकाका कर्मचारी, सामुदायिक विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थिति रहेको थियो । त्यसअघि मंगलबार नै कर्मचारीहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर पनि जाहेरी दर्ता नभएको विषयमा गुनासो गर्दै आवश्यक पहल गर्न आग्रह गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्र मल्लले कर्मचारी पक्षबाट अपराधिक उपद्र मुद्दाकाे जाहेरी प्राप्त भएकाे वताउँदै घटना बारे अनुसन्धान भइरहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...