Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नेशनल मेडिकल कलेज र भारतीय संस्थाबीच स्वास्थ्य सेवामा सहकार्य

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज प्रालि., वीरगञ्ज र भारतको नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताले सोसाइटीका सदस्य, कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई सहुलियतपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सचिव सुरेन्द्र कुमार सिंहले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सोसाइटीका लाभग्राहीहरूले नेशनल मेडिकल कलेजमा ओपीडी टिकट, बेड, शल्यक्रिया, प्याथोलोजी परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, ईसीजी, ईको, टीएमटी तथा औषधि सेवासहित विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्नेछन्। साथै, आवश्यकताअनुसार विशेष स्वास्थ्य परीक्षण (वेलनेस प्याकेज), नगदरहित (क्यासलेस) बीमा सेवाको सहजीकरण तथा नियमित स्वास्थ्य सेवामा प्राथमिकता पनि उपलब्ध गराइनेछ।

दुवै संस्थाबीच भएको सहमतिअनुसार प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। आवश्यकताअनुसार स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्नुका साथै स्वास्थ्य तथा सामाजिक क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।

नेशनल मेडिकल कलेजका अनुसार उक्त सहकार्यले नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सदस्य तथा परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउनुका साथै नेपाल–भारतबीच स्वास्थ्य सेवामा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कण्ठ, प्रशासन अधिकृत पप्पु सिंह तथा नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...