Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026

वीरगंजमा मनाइयाे २१३ औं भानु जयन्ती, विनयराज गौतम ‘नारायणी वाङ्गमय कृति सम्मान’बाट सम्मानित

spot_img
spot_img

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

समारोहमा २०८२ सालभित्र मधेश प्रदेशका आठ जिल्ला तथा साविक नारायणी अञ्चलअन्तर्गत मकवानपुर र चितवनका साहित्यकारहरूले प्रकाशित गरेका कृतिमध्ये वीरगञ्ज निवासी साहित्यकार विनयराज गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ लाई ‘नारायणी वाङ्गमय कृति सम्मान’ प्रदान गरिएको हो ।

गौतमलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहित सम्मान गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भरकुमार शर्मा तथा वरिष्ठ समालोचक एवं भानु प्रतिष्ठानका पूर्वअध्यक्ष प्रा.डा. व्रतराज आचार्यले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. आचार्यले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा रहेको ऐतिहासिक योगदानको चर्चा गर्दै भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

कार्यक्रममा साहित्यकार गणेशप्रसाद लाठ, भाषा आयोगका पूर्वसदस्य गोपाल अश्क, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, ज्ञानदा एकेडेमीका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, प्रतिष्ठानका सल्लाहकार जगदीश शर्मा, श्याम पोख्रेल, ज्येष्ठ नागरिक संघ पर्साका अध्यक्ष इ. बैजनाथप्रसाद कोइरीसहित विभिन्न साहित्यकार, शिक्षाविद् तथा समाजसेवीहरूको उपस्थिति रहेको प्रतिष्ठानका सचिव महेशचन्द्र गौतमले जानकारी दिए ।

कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक कलेज (बीपीसी), सिद्धार्थ इन्टरनेशनल कलेज तथा ज्ञानदा एकेडेमीका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिष्ठानकी सदस्य गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सदस्य सूर्य शुभचिन्तकले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवा बाढी अपडेट : ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

काठमाडौं । रसुवा केन्द्रबिन्दु भएर आएको बाढी तथा पहिरोमा परी मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्म...

गौतम माविमा अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता, नलिक्षा प्रजापति प्रथम

वीरगंज । गौतम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको...

अग्रगामी मोर्चाको पर्सामा २१ सदस्यीय जिल्ला समिति गठन

वीरगंज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय सात दलीय बैठकले समावेशी सिद्धान्तका आधारमा २१ सदस्यीय जिल्ला स्तरीय मोर्चा गठन गर्ने निर्णय गरेको छ। बहुजन एकता...