Date
सोम, असार २९, २०८३
Mon, July 13, 2026

वालेन सरकारले संविधान संशोधनको नाममा परिस्थिति गिजोलन खोजे : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको नाममा वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नाटकमञ्चन गरिरहेको र परिवर्तनकारी शक्तिहरुमाथि मजाक गरिरहेको टिप्पणी गरेका छन् । उनले संविधान संशोधन कार्यदल नै खारेजको माग गरेका छन् ।

संविधान संशोधनजस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले संविधानको सत्व नै नबुझेका व्यक्तिलाई यसको जिम्मा दिएर सुरुमै मजाक उडाईसकेको उल्लेख गर्दै अध्यक्ष साहले रास्वपा र वालेन शाहले संविधान संशोधनको नाममा नाटकमात्रै मञ्चन गरेको घट्नाक्रमले पुष्टि गरिसकेको बताए । साहले प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनको लागि बहसपत्र तयार गर्न गठित कार्यदलको वैधानिकतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका छन् । बालेन सरकारले संसद् छलेर सेनामार्फत शासन चलाएजस्तै संसद्लाई बेवास्ता गरेर सिंहदरबारबाट संशोधन कार्यदल बनाएर विधिको धज्जी उडाएको साहको गम्भीर आरोप छ ।

आज (सोमवार ) सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा साहले संविधानमा साँच्चिकै सुधार र संशोधन चाहेको भए रास्वपा र वालेन शाहले राजनीतिक रुपमा अलिक गम्भीर विचारधारा र चेतना बोकेका अनि योगदान पुर्याएका व्यक्तित्वलाई यसको जिम्मा दिनसक्नेमा फिल्म र भिडिओ डिरेक्सनमा रुचि रहेको र काम गरेको व्यक्तिलाई संविधान संशोधनजस्तो गम्भीर विषयको भारी बोकाएर राष्ट्रिय राजनीतिमा नै कमेडी गरिरहेको टिप्पणी गरे । उनले असार मसान्तमा सकिने कार्यदलको म्याद अब नथप्न र तत्काल खारेज गर्न सरकारलाई सुझाव दिएका छन् । वालेन शाहले प्रधानमन्त्रीको सपथ खाएको तीन दिनपछि अर्थात २०८२ साल चैत्र १६ गतै नै असिम शाहको नेतृत्वमा ‘संविधान संशोधन बहस पत्र तयारी गर्ने कार्यदल–२०८२’ गठन गरिएको थियो ।

पूर्वमन्त्री साहले अहिलेको संविधानले देशलाई पार लगाउन नसक्ने कुरा आफूले संविधान जारी गर्दाको बखतमा नै बहिष्कार गरेर विद्रोहको विगुल फुसिकेको स्मरण गराए । उनले ६०१ संविधानसभा सदस्यमा आफूमात्र एक्लो सांसद रहेको र संविधानमा हस्ताक्षर नगरेको सुनाए । उनले भने, “यो संविधानले विभिन्न संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा हुँदैन र देशले सही दिशा समात्दैन भन्ने कुरामा ढुक्क भएर नै मैले संविधानमा हस्ताक्षर गरिनँ, त्यसबापत मैले पार्टीबाट साधारण सदस्यतापनि नरहनेगरि कारबाही भोग्नुपरेको थियो, तर आज एक दशक नबित्दै देश कहाँ पुग्यो ? सिस्टम नै खराब भएपछि रिजल्ट पनि खराब नै भोग्नुपर्छ । हामी त सिस्टम सुधारको पक्षमा छौं ।”

आजपाले सिस्टम सुधारको लागि दुई वर्षअघि नै तेस्रोजनआन्दोलन अपरिहार्य भन्दै सार्वजनिक घोषणा गरेको पनि उनले स्मरण गराए । जेनजीहरुले साहसिक कदम चालेर विश्वमै नभएको अद्धितीय क्रान्ति गरेर पूरानो सत्ता ढालेपनि संविधान जस्ताको त्यस्तै राख्ने नाममा फेरि देशलाई कालो दिनतर्फ फर्काएर दिशाहीन बनाईएको र अहिले संविधान संशोधनको नाटकमात्र रचिएको साहको आरोप छ । संविधान सुधार गरेर व्यवस्था नै व्यवस्थित् गर्ने अवसर आउँदापनि सुशीला कार्की र बालेन शाहले जानीजानी अवसर कुल्चिएर युवाहरुको बलिदानीको अपमान गरेको साहको आरोप छ ।

सुशिला कार्की र बालेन शाहहरुले संविधानमा सुधार चाहेको भए भदौमा सम्पन्न जेन–जी आन्दोलनको बेलामा नै संविधान संशोधन हुनसक्ने थियो र देशले अहिलेसम्म सही दिशा समात्ने थियो भन्ने उनको बुझाई थियो । तर, अहिले जसले संविधान लेखन प्रक्रियामा नै फउल खेले र जालझेल गरे उनीहरुसँग नै वालेन सरकारले सुझावको नाममा घरदैलो गरेर नाटक गरिरहेको साहको आरोप छ । उनले संविधानमा संशोधन चाहेको हो भने संविधानलाई चूनौति दिएका र सुधारको लागि आवाज र आन्दोलन गरेका शक्तिहरुसँग गम्भीर सुझाव लिनुपर्नेमा अहिलेको सरकारले त्यसो नगरेकोमा पनि आक्रोश पोखे । उनले संविधान संशोधनको लागि वालेन शाह अघि बढे सदनमा नै फेल हुने ठोकुवा पनि गरे । रास्वपाका बहुमत सांसदले संविधान संशोधनको लागि बालेन सरकारलाई सदनमा साथ नदिने उनको दाबी छ ।

उनले रास्वपाले प्रदेश संरचना खारेज गर्ने कुरा महाधिवेशनमार्फत राजनीतिक डकुमेन्टमा उल्लेख गरेको विषयमा पनि यसअघि नै कडा प्रतिवाद गरिसकेका छन् । सरकारको एक सय दिन र रास्वपाको चितवनको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा नसक्ने र यसको नेतृत्वहरु कागजी डुंगामा सवार भएकोले मुलुकलाई पार लगाउनु त परै जाओस स्वयम उनीहरु पनि डुब्ने निश्चित्प्रायः रहेको अध्यक्ष साहको दाबी छ । वालेन्न सरकार निमुखाहरुमाथि निर्दयी बन्नुको साथै प्रश्नभन्दा पर र विधि छलेर बलमा रमाउन थालेको उनको आरोप छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गदियानीको सडक निर्माणमा बेवास्ता, वर्षायाममा हिलोले जनजीवन कष्टकर

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ स्थित गदियानीको एक सडक २५ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । सडक...

नेशनल मेडिकल कलेज र भारतीय संस्थाबीच स्वास्थ्य सेवामा सहकार्य

वीरगंज । नेशनल मेडिकल कलेज प्रालि., वीरगञ्ज र भारतको नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताले सोसाइटीका सदस्य, कर्मचारी...

बबिताको अध्यक्षतामा महिला मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

वीरगंज । आम जनता पार्टी (आजपा) निकटको जनवर्गीय संगठन आम महिला मोर्चाको केन्द्रीय कार्य समिति पुनर्गठन गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा ५९ सदस्यीय...