Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजमा एनआईसी एशिया बैंकको सेवा अस्तव्यस्त, सेवाग्राहीलाई सास्ती

spot_img
spot_img

वीरगंज । एनआईसी एशिया बैंकका वीरगंजस्थित दुई शाखा बन्द भएपछि सेवाग्राहीहरूले दैनिक बैंकिङ सेवा लिन निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

बैंकले लिंकरोड र पावरहाउस शाखा बन्द गरेपछि ती शाखाका सबै सेवाग्राही मुख्य वीरगंज शाखामै पुग्न बाध्य भएका छन् । यसका कारण मुख्य शाखामा अत्यधिक भिड बढेको छ भने सामान्य कारोबारका लागि समेत घण्टौं लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको सेवाग्राहीहरू बताउँछन् ।

निक्षेप जम्मा गर्न, रकम झिक्न तथा अन्य बैंकिङ सेवा लिन लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यताले सेवाग्राहीहरू हैरान भएका छन् । पर्याप्त सेवा काउन्टर तथा वैकल्पिक व्यवस्था नहुँदा समस्या झन् बढेको उनीहरूको भनाइ छ ।

यस्तै, बैंकका एटीएम सेवासमेत प्रभावकारी रूपमा सञ्चालन नभएको गुनासो छ । पावरहाउस र लिंकरोड शाखासँगै रहेका एटीएम शाखा बन्द भएसँगै सञ्चालनमा छैनन् भने माईस्थानस्थित एटीएम पनि नियमित रूपमा सञ्चालन नहुँदा नगद झिक्न सेवाग्राहीहरूले थप सास्ती खेप्नुपरेको बताएका छन् ।

सेवाग्राहीहरूले बैंक व्यवस्थापनसँग बन्द गरिएका शाखाको विकल्पमा सहज सेवा उपलब्ध गराउन, एटीएम नियमित सञ्चालनमा ल्याउन तथा मुख्य शाखामा बढ्दो चाप व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...