Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

ठूलो बाघमोर्चामा लामा नाचको रौनक, तामाङ संस्कृतिको अनुपम प्रदर्शन

spot_img
spot_img

सेढवा । पर्साको ठोरी गाउँपालिका–५ स्थित ठूलो बाघमोर्चामा तामाङ समुदायको आयोजनामा परम्परागत लामा नाच (झाँकी) तथा धार्मिक पूजाआजा कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ ।

तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयवासीसँगै विभिन्न जिल्लाबाट आएका लामा गुरु, धार्मिक व्यक्तित्व तथा श्रद्धालुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सिन्धुपाल्चोक, चितवन र पर्साका तीनवटा गुम्बाबाट आएका लामा समूहले आ–आफ्नो मौलिक शैलीमा परम्परागत लामा नाच प्रस्तुत गरेका थिए । धार्मिक मन्त्र, बाजागाजा र सांस्कृतिक झाँकीसहित प्रस्तुत गरिएको नाचले दर्शकको विशेष आकर्षणको केन्द्र बनेको थियो ।

तामाङ समुदायमा लामा नाचलाई धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतीकका रूपमा लिने गरिन्छ। नाचसँगै बौद्ध परम्पराअनुसार विशेष पूजापाठ, धार्मिक अनुष्ठान तथा विश्व शान्ति, सुख, समृद्धि र समुदायको कल्याणको कामना गर्दै विधिपूर्वक पूजा सम्पन्न गरिएको थियो ।

ठोरी गाउँपालिका–५ का वडाध्यक्ष अष्ठबहादुर लोप्चनले यस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रमले समुदायको मौलिक भाषा, धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय तहले पनि यस्ता मौलिक सांस्कृतिक गतिविधिलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले धार्मिक सद्भाव, सामाजिक एकता तथा सांस्कृतिक पर्यटनको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

आयोजक तामाङ समुदायले आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । स्थानीयवासीको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप भव्य, आकर्षक र उल्लासमय बनाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...